पपस्टार लक्की अली, क्याटवाकमा भोलि

पाेखरा | भदौ ३०, २०७९

पपस्टार लक्की अली, क्याटवाकमा भोलि

पाेखरा:  भारतीय अभिनेता एवं पपस्टार लक्की अली पोखरा आइपुगेका छन् ।

 

काठमाडौंबाट पोखरा आइपुगेका उनले पोखराको सबैभन्दा ठुलो क्लब ‘क्याटवाक’मा भोलि शुक्रबार (१६ सेप्टेम्बर) पहिलो पटक सांगीतिक प्रस्तुति दिनेछन् ।
 

‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने क्याटवाकका संचालक गुप्त लामाले बताए । उनका अनुसार अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् । 

 

गत भदौ २ गतेदेिख खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न पहिलो चरणको टिकटदर १५ सयदेखि २ हजार रुपैयाँ निर्धारण गरिएको सञ्चालक लामाले जानकारी दिए  । उनका अनुसार दोस्रो चरणको प्रवेश शुल्क भने २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ । 

छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट विक्री भइरहेको बताइएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट विक्री भइरहेको छ । 

 

उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवतः अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् । 

 

करिब ३० करोड रुपैयाँ बढी लगानीमा सञ्चालनमा ल्याइएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ । भने क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक समितिले दाबी गर्दै आएको छ ।

अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ।   अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।   सेन्टकमका अनुसार ...

थप पढ्नुहोस्

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्